नवलपरासी । प्रेस सेन्टर नेपाल नवलपरासी (पश्चिम) का अध्यक्ष राजु पोखरेलको मृत्यु भएको छ ।
मंगलबार दिउँसो रुखबाट खसेर ३४ वर्षीय अध्यक्ष पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
पोखरेल कार्य क्षेत्र नवलपरासीबाट ५ दिन अघि धुर्कोट गाउँपालिका ६ जैसीथोक रौताडीस्ति घर आएका थिए । घर नजिकै रुखबाट लडेर गम्भीर घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दौतरी एफएमका स्टेशन म्यानेजर समेत रहेका पोखरेल क्रियाशील पत्रकारका रुपमा परिचित छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार