
तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसिपुर नगर समितिकाे आयाेजनामा स्वागत सम्मान सम्पन्न भएकाे छ ।
नगर कमिटी अध्यक्ष हाेमराज डाँगीकाे अध्यक्षता एवम् नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले विगतमा स्वास्थ्य र शिक्षामा देखिने गरि प्रगति भएकाले आगामी दिनमा थप सुधार गर्दै लैजाने बताए ।
कार्यक्रममा उपप्रमुख स्यानी चाैधरीले विद्यालय सफा, सुन्दर, जनशक्ति अभाव पूरा गर्ने, शिक्षकलाई थप तालिमकाे व्यवस्था गरिने बताइन् ।
प्रेम नेपालीकाे स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, तुलसीपुर नगर इन्चार्ज मानबहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक संगठनका लुम्बिनी प्रदेश कमिटी सचिव भागवत पाैडेल, शिक्षक महासंघका सचिव नवराज डाँगी, पेशागत महासंघका उपाध्यक्ष रमा आचार्य लगायतले बोलेका थिए।