विश्व वातावरण दिवसमा वृक्षारोपण

दाङ । दाङको करौतीडाँडामा आइतबार एक कार्यक्रम गरि विश्व वातावरण दिवस मनाइएको छ ।

उक्त दिवसको अवसरमा डिभिजन वन कार्यालय दाङ, उर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजन र सहकार्यमा वृक्षारोपण कार्यक्रम गरि वातावरण दिवस मनाइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

घोराही उपहानगरपालिका वडा नं १६ करौतीडाँडामा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको सभापतित्व एंव  लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विर बहादुर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनबहादुर श्रेष्ठले कार्यालय मार्फत जिल्लामा यो बर्ष वन तथा वातावरणका क्षेत्रमा भइरहेका मुख्य मुख्य गतिबिधिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा कपुर, कल्किफुल, पारीजात,दालचिनि र धुपीसल्लाका ५० वटा बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस