मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जानकारी दिए ।

सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार (आज) सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस