शिक्षा क्षेत्र सुधारका लागि स्थानीय सरकार प्रतिबद्ध-  अध्यक्ष बस्नेत

शान्तिनगर । नेपाल शिक्षक संघ शान्तिनगरले आज एक कार्यक्रमको आयोजना गरि नबनिर्बाचित जनप्रतिनिधिहरु लाई जुम्लेकुलामा स्वागत एबं सम्मान गरेको छ।

नेपाल शिक्षक संघ शान्तिनगरका अध्यक्ष ठकप्रसाद पुनको सभापतित्व एबं शान्तिनगर गाउँ पालिकाका नबनिर्बाचित अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता र उपाध्यक्ष प्रेमा के सि र नेपाल शिक्षक संघ दाङका उपाध्यक्ष योगराज खत्रीको बिशिस्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले आफू समग्र शिक्षकहरुको माग प्रती सकारात्मक रहेको बताउदै शिक्षा क्षेत्र सुधारका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनु भएको  छ साथै अध्यक्ष बस्नेतले आफुले ५ बर्ष भित्र धेरै काम गरेर देखाउने बताउनुभयो।

कार्यक्रममा शान्तिनगर गाउँ पालिकाकी उपाध्यक्ष प्रेमा के सि, शिक्षक संघ दाङका उपाध्यक्ष योग राज खत्री ,वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर के सि ,५ का अध्यक्ष ओपेन्द्र रावत, ७ का अध्यक्ष तारा बहादुर ओलि, शिक्षक संघ दाङका सहसचिव निम बहादुर नेपाली , नेपाल शिक्षक महासंघ शान्तिनगरका अध्यक्ष ओपेन्द्र के सि , बिपि माबी बयालेकी प्रधानाध्यापक तुलसी गिरि लगाएतले बोल्नुभएको थियो।

कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतलाई शिक्षक खुमानन्द पौडेलले स्मरणपत्र समेत बुझाएका छन।

नबनिर्बाचित जनप्रतिनिधिहरुलाई टीका र खादा लगाएर सम्मान गरिएको थियो भने सहसचिव कल्पना पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब कुल बहादुर डाङ्गिले गरेका थिए।

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस