कोहलपुरको हिरासतमा एक थुनुवाको मृत्यु

नेपालगञ्ज । बाँकेमा प्रहरी हिरासतमा एक जना मृत्य अवस्थामा फेला परेका छन् । कोहलपुर नगरपालिका–१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको हो

उनी बुधबार बिहान करिब ५ बजेतिर झुण्डिएको अवस्थामा मृत्यु भेटिएका हुन् । हिरासत कक्षबाट ट्वाइलेट गएका उनले ट्वाइलेटको भेन्टिलेलेटरमा टि–सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख छ ।

कुवँरलाई वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो ।

मृत्यु भएका व्यक्तिमा पत्थरीको समस्या भएकोले औषधि सेवन गर्ने गरेको पारिवारिक स्रोतले बताएको छ ।

घटना शंकास्पद भएको भन्दै छानबिनका लागि आफन्तहरूले दवाब दिन नेपालगञ्जमा विरोध प्रर्दशन गरेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस