सुन भनि झुक्याउन खोज्ने पाँच जना पक्राउ

दाङ । दाङको तुलसीपुरमा सुन भनि झुक्याउन खोजेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका बस्ने २६ वर्षीय राजकुमार बुढा, सोहि ठाउँ बस्ने २४ वर्षीय प्रकाश खड्का, दार्चुला ब्यास गाउँपालिका २ बस्ने २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन ।

यस्तै सल्यानको शारदा नगरपालिका १ बस्ने ४९ वर्षीया सावित्रा बुढाथोकी र सोहि जिल्ला कुमाख गाउँपालिका १ बस्ने ३० बर्षिया गीता बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

गएराती ९ बजे तुलसीपुर उपमहानगरपालिका ६ स्थित एकान्त होटलमा अवैध सुन बिक्रि वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट जेब्रा झोला भित्र लुकाई राखेको माटोको दुई वटा पक्कि इट्टा र सुन जस्तो देखिने धातुको टुक्रा १ थान बरामद गरेको प्रहरीले बताएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ 

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस