काठमाडौं । नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेकोले हावा हुरी तथा वर्षा एकै साथ आएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल प्रदेश १ तथा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ महाशाखाले जनाएको छ । प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ ।
आज दिउँसो मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशबाहेकका स्थानमा बदली रहने विभिन्न स्थानमा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। ुप्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ,ु मौसम बुलेटिनमा भनिएको छ ।
प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।