तुलसीपुर-१७ को निर्वाचन जेठ  ३ गते हुने ( निर्बाचन तालिका सहित )

तुल्सिपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ को निर्वाचन जेठ ३ गते हुने भएको छ ।  वडाध्यक्षका उम्मेदवारको मुत्यु भएपछि ३० वैशाखमा हुने भनिएको निर्वाचन स्थगित भएको छ ।

नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका लबरु चौधरीको सोमबार राति मुत्यु भएपछि उक्त वडाको निर्वाचन स्थगित भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचन अधिकृत रितेन्द्र थापाले उक्त वडाको निर्वाचन ३ जेठमा हुने भएको जनाकारी दिए । उनका अनुसार २८ र २९ गते उम्मेदवारी मनोनयमन दर्ता र दाबी विरोधका लागि समय छुट्टाइएको छ ।

स्थानीय तहको निर्वाचनमा कुनै उम्मेदवारको निधन भएमा राजनीतिक दलले अर्को उम्मेदवार उठाउनुपर्छ । चौधरीको मृत्युपछि अर्को उम्मेदवारको टुंग्गो लगाउन बैठक बस्ने तयारी भइरहेको एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले बताए ।

एमालेबाट उम्मेदवार बनेका चौधरी केही दिन अघि चुनाव प्रचारको क्रममा बिरामी परेपछि उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । उपचारको क्रममा सोमबार राति चौधरीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस