बिजौरी । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।
एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको विरामी थिए । यस अघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर समेत काम गरेका थिए ।
चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उनलाई उपचारकालागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगियो ।
तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारकालागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।
उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए ।
प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार