घोराही । स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय दाङले विभिन्न सेवाहरु स्थगित गरेको छ ।
निर्वाचनको काममा कर्मचारीहरु खट्ने भएका कारण ४ दिनसम्म कार्यालयबाट प्राप्त हुने नागरिकताको प्रमाणपत्र, नावालक परिचयपत्र, राहदानीलगायतका सेवाहरु स्थगित गरेको एक सूचना जारी गरी जानकारी दिएको हो ।
सूचनामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरु स्थानीय तह निर्वाचन २०७९ का लागि विभिन्न मतदान केन्द्रमा खटिएकाले कार्यालयबाट प्रदान गरिने नागरिकताको प्रमाणपत्र,नावालक परिचयपत्र, राहदानी तथा अन्य सिफारिस सम्वन्धी कार्यहरु बैशाख २६ गतेदेखि २९ गतेसम्म स्थगित गरेको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा जारी सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचनाः
प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार