राजनीतिक दाउपेचमा ४ वडा

बिजौरी । तुलसीपुर उपमहानगरपालिकामा चार वटा वडा छन् ग्वार पारीका, जुन वडाले स्थानीय सरकार बनाउन मुख्य भूमिका खेल्छन् । तर तीनै वडालाई उपहास हुँदै आएको छ । निर्वाचन क्षेत्रका हिसावले दुई नम्बर क्षेत्रमा रहेका यी वडा नगरको माताहतमा भने तुलसीपुर उपमहानगरपालिकामा छन् । यद्यपि प्रादेशिक संरचनामा भने यी वडाहरु निर्वाचन क्षेत्र नम्बर २ को माताहतमा छन् ।

संघात्मक संरचनामा अन्यायमा परेका यिनै वडाको मतले नगरप्रमुख र उपप्रमुखलाई विजयी बनाउने हैसियत राख्छन् । तर समानुपातिक विकास क्रममा यी वडाको विकास ओझेलमा परेको छ । कुनैताका मानपुर जिल्लाकै मुख्य व्यापारिक केन्द्र थियो, तर पछिल्लो समयमा मानपुरमा सियोधागोको व्यापार पनि चल्ने नचल्नेमा अन्योल छ ।

घोराहीले आफ्नो केन्द्रकृत योजनामा यस क्षेत्रलाई बोर्डर लाइनका वडा मान्दै उपेक्षा गरिरहेको छ भने तुुलसीपुरले पनि यी वडाहरुलाई उपेक्षा गर्दै आएको छ । त्यहि कारण यस क्षेत्रको विकास निर्माणले फड्को मार्न सकेको अवस्था छैन । दुवै पालिकाको वोर्ड लाइनमा भएका कारण आफुहरुको बस्तीमा खासै दुवै तिरका नेताको ध्यान नपुगेको पनि उनको अभिव्यक्ति थियो ।

यहि कारण हेमन्तपुरदेखि टरिगाउँ जोड्ने सडक पनि थला परेको छ । झिंगै मानपुर टरिगाउँ सडकका सन्दर्भमा पनि स्थानीय सरकारहरु लगानी सहितका योजना ल्याउन तल्लीन छैनन् । साविकको मानपुर वडा कार्यालय भैरहँदा वडा कार्यालयले त्यसलाई सम्झन सकेको छैन । वैकल्पिक सडकको स्तरोन्नतिमा पहल कसले गर्ने हो ? घोराही वा तुलसीपुर अन्योलकै अवस्थामा छन् यी वडाहरु ।

विकास क्रमले तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटिकारुपमा व्याख्या गरेको छ । तर घोराहीको बसपार्कदेखि हापुरहुँदै रक्षाचौरसम्म सडक ट्र¥याक खोल्ने काम अझै हुन सकेको छैन । काम गर्दागर्दै परियोजना झनै मौन भएको देखिन्छ । मानौं ठेकेदारहरु कति समय निशुल्क काम गर्न सक्ने छन् । तुलसीपुरका यी वडाले आकासबाट झर्ने फल रोजेका छैनन्, तर उनीहरुले समानुपातिक विकासको अवधारणा रोजेका छन् । तर राजनीतिक दलहरु भने अझै पनि गठबन्धनका सन्दर्भमा गम्भीर भएको देखिएको छैन । निर्णायक भूमिकामा रहेका कम्तिमा तीस हजार मतदातालाई सम्बोधन गर्न नसके यस क्षेत्रको मत कता जाने भन्ने अन्योलमा रहेको छ । तुलसीपुरबाट पनि बोर्डरमा र घोराहीबाट पनि बोर्डरमा रहेका यी वडाको समृद्धिमा दुवै तर्फबाट कन्जुस्याइ भएको छ । यही अर्थमा यस क्षेत्रका नेता नेतृत्व असफल पनि हुँदै आएका छन् ।

पछिल्लो समयमा गठबन्धनको अवधारणा सार्वजनिकसँगै पनि यी वडाहरुलाई नेतृत्वले ध्यान दिन सकिरहेको छैन । अर्थात यहाँको समानुपातिक एवं समावेशी विकासको लागि पहल गर्ने कुनै व्यक्तित्वले अर्थपूर्ण भूमिका निर्वाह गर्न सकेनन् । अन्ततः जित हारको गोलचक्करमा मात्रै तुलसीपुरका यी वडाहरु रहेका छन् । निर्वाचन क्षेत्र एकातिर नगरसमिति अर्कातिर रहँदा कस्लाई योग्य उम्मेदवार ठान्ने भन्ने सन्दर्भमा पनि नेतृत्व पंक्ति गम्भिर रुपमा प्रस्तुत हुन सकेनन् । यही कारण ग्वारपारीका वडाहरु निर्णायक भूमिका हुँदाहुँदै पनि अनिर्णयका बन्दी भएका छन् । यसमा पार्टी उच्च नेतृत्वले सहजीकरण गर्नु पर्ने वडावासीहरुको माग छ ।

मुसुमुसु हाँसोले तुलसीपुरलाई कम्तिमा पनि दुई लाखको ऋण बुझाएको छ । तर आयातित ऋणलाई कसरी सम्बोधन गर्ने भन्ने सवालमा सबै नेता कार्यकर्ताहरुको उत्तिकै भूमिका रहने छ । तुलसीपुर उपमहानगरपालिकामा कम्तिमा ७० करोडको पैसा आइरहेको सन्दर्भमा मैले पनि त्यो भूमिका निर्वाह गर्ने छु ‘एक जना जनप्रतिनिधिले भने ।

गठबन्धन अन्तिम विकल्प थियो, तर पनि टिकट नपाउनेहरु केही असन्तुष्ट हुन सक्छन् । उनीहरुलाई पनि व्यवस्थापन हुने छ । नेताहरुको भनाइ व्यक्तिलाई संकेत भैरहेको छ, तर समग्रमा यी बोर्डरमा रहेका वडाको जिम्मा तुलसीपुरको वा घोराहीको भन्ने सन्दर्भमा भने आम यस क्षेत्रका मतदाताले जवाफ खोजिरहेका छन् ।
साक्षी खबरबाट

प्रकाशित मिति : २०७९ बैशाख २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस