
दाङ । यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि दाङमा मतपत्र आइपुगेको छ । जिल्लामा मतदानका लागि आवश्यक मतपत्र निर्वाचन आयोगले पठाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।
दाङमा चार लाख नौ हजार नौ सय दुई मतदाता रहे पनि चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
२०७४ सालको पालिका चुनावको तुलनामा अहिले एक लाख १८ हजार सात सय २८ मतदाता थपिएका छन् ।
प्रकाशित मिति : २०७९ बैशाख २० गते मङ्गलवार