तुलसीपुर-१८ को घरदैलो ब्यापक

दुधरास । सत्तापक्ष गठबन्धनले तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा चुनाव प्रचार–प्रसारलाई ब्यापक बनाएको छ ।

वडा नं. १८ का वडाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका पूर्णबहादुर डाँगी, खुल्ला सदस्य धनबहादुर डाँगी, विदुर गौतम, महिला सदस्य चित्रा धिताल, दलित महिला सदस्य सुनिता दमाई, नेपाली काँग्ग्रेसका वडासभापति विरेन्द्र खड्का, माओवादी केन्द्रका वडाध्यक्ष लोकबहादुर बहकरी, एकीकृत समाजवादी डिल्ली पुनलगायतको सहभागिता रहेको थियो ।

त्यस अवसरमा वडाध्यक्षका उम्मेदवार डाँगीले वडाको समग्र विकासकालागि गठबन्धनको टिमलाई जिताउन अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस