
घोराही। गायक प्रमोद खरेल चढेको गाडी १३ गते राति दाङमा दुर्घटनामा परेको दाङ प्रहरीले जानकारी दिएको छ । नेपालगञ्जबाट दाङको तुलसीपुरमा आउँदै गर्दा राति १ बजेतिर गायक खरेल सवार बा ३० च ६५५७ नम्वरको कार घोराही ४ गोग्लीमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार र होटल माला ईनमा आराम गरेपछि काठमाडौं फर्किएको प्रहरीले बताएको छ ।
गायक खरेल सहित सोही कारमा सवार दाङको दंगीशरण गाउँपालिका ३ का ३३ वर्षिय सुदिप चौधरी र तुलसीपुर २ का सुरज वली घाईते भएको प्रहरीले जानकारी दिएको हो ।
प्रतिष्ठानमा सामान्य उपचारपछि बिहान काठमाडौं पुगेर थप स्वास्थ्य जाँच गराएको गायक खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । शरीरको बाहिरी भागमा चोट लागे पनि भित्री भागमा चोट नलागेको स्वास्थ्य जाँच रिपोर्टबाट थाहा भएको र केही दिन आराम गर्ने उनको भनाइ छ ।
यस्तै एअर ब्याग र सिट बेल्टको प्रयोग गरेका कारण आफ्नो ज्यान जोगिएको पनि उनले बताए।