दाङ । दाङको राजपुर गाउँपालिका–७ स्थित गन्धौला नाकामा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका छन् ।
आइतबार दिउँसो दुई बजे खरका छाना भएको घरमा आगलागी हुँदा घरमा भएको अन्नपात, लुगालत्ता, पशुचौपाय जलेर नष्ट भएको स्थानीयले जानकारी दिए ।
आगलागीबाट राजपुर गाउँपालिका ७ गन्धैलानाकाका रामबहादुर बिक, निमबहादुर पुन, बमहादुर पुन, जिवलाल विक र गणेश पुनको घरमा घर जलेर पूर्णरूपमा नष्ट भएको घर्तीले बताए ।
आगलागीबाट गाई गोठ पनि जलेका छन् । गोठमा रहेका गाई, बाख्रा, चल्लासमेत जलेका छन् । वरपर अझै अन्य ४ घर पनि जोखिममा रहको घर्तीले बताए ।
आगलागीबाट अन्नपात, सुन, धन, माल, लत्ताकपडा लगायत सबै जलेर नष्ट भएकाले पीडितहरु छिमेकीको घरमा गएर बसेका छन् । आगलागीबाट पाँचवटा घरका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
अहिले आगो सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ । क्षतिको सम्पूर्ण विवरण भने आउन बाँकी रहेका प्रहरीले जनाएको छ ।