काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । आइतबार राति मुम्बइमा भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।
राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १६२ रनमात्रै बनायो ।
लखनउका क्विन्टन डी ककले ३९, दिपक होडाले २५, दुश्मन्था चामिराले १३, मार्कुस स्टोनिसले अविजित ३८ र क्रुनाल पाण्डयले २२ रन बनाए ।
राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन जोडेको थियो ।
राजस्थानका लागि शिम्रन हेटमायरले ५९ रनको अर्धशतकीय इनिङ खेले । देवदूत पडिकलले ३९, रविचन्द्र आश्विनले २८ रनको योगदान गरे ।
लखनउका जासन होल्डर र कृष्नपा गोथामले २–२ विकेट लिए ।
यो जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ ।