रोल्पाको भानु आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ८ मगरगोरीमा अवस्थित श्री भानु आधारभूत विद्यायालयमा एक कार्यक्रम गरि आधारभूत विकाश केन्द्र (शिशु) का १२ विद्यार्थी सहित १ कक्षादेखि ४कक्षासम्मका १ सय १० विध्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

अनलाइन टिभि पत्रकार संघ दाङ जिल्लाका सचिब एचआर मगरको पहलमा साउदीमा रहेका बेगम पुनले पठाएको रु. ५० हजारबाट उक्त विद्यालयका कक्षा ३ र ४ का विद्यार्थीहरुलाई स्कुल झोला र कक्षा १ र २का विद्यार्थीलाई कपि कलम गरि करिब ५० हजार बराबर सहयोग स्वरुप शैक्षिक सामग्री वितरण गरिएको हो ।

विद्यालयका प्राध्यानपक टेकेन्द्र घर्तीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्कुलकी शिक्षिका दिपा बुढा मगरले स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा रुन्टिगढी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा प्रमुख अतिथिति भिम बहादुर पुनले विदेशमा रहेका बेगम पुनले जस्तै अरु युवाहरुले पनि स्कुललाई सहयोग गरेमा स्कुलको स्तरउन्नति हुने र त्यस प्रकारका सहयोगले निम्न बर्गका बालबालिकालाई पढाइमा थप सहयोग हुने बताए ।

त्यस्तै कार्यक्रममा अनलाइन टिभि पत्रकार संघ दाङ जिल्लाका सचीव एच.आर.मगरले दुर्गम क्षेत्रमा रहेको स्कुलमा आफु स्वयंम आएर सहयोग गर्न पाउँदा निकै खुसी भएको बताए । उनले सहयोग रकम पठाइ वालवालिकाहरुलाई शैक्षिकरुपमा सहयोग पु¥याउने बेगम पुनलाई पनि विशेष धन्यवाद दिएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि विद्यालयका सूचना अधिकृत टिकाराम बुढाथोकी, अम्बर बहादुर बहकही, कृष्ण बहादुर साहु, तुलसी पुन, बोम बहादुर पुन, अर्जुन रोका मगर, भानु घर्ती मगर लगायतले बोलेका थिए ।

सहयोग स्वरुप कापि, कलम, झोला पाउदा विद्यार्थीहरु खुशी र हर्षित भएको विद्यालयले जनाएको छ । सो कार्यक्रमको सञ्चालन आरजे शान्तरामले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस