भालुबाङ, नयाँ वर्षको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा वृहत सांस्कृतिक कार्यक्रम २०७९ हुने लागेको छ । भालुबाङमा रहेको होटल पौवाले यही चैत ३० गते सांस्कृतिक कार्यक्रम गर्न लागेको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । नेपालीहरूको कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय कलाकारहरूको साथमा कार्यक्रम गर्न लागेको होटलका प्रमुख परिचालन अधिकारी ( सीओओ ) कृष्ण गौतमले बताउनुभयो ।
भालुबाङमा थारू संस्कृतिमा आधारित साङ्गीतिक कार्यक्रमसँगै राष्ट्रिय चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, अस्मिता डल्लाकोटी, सुमन परियार लगायतका कलाकारहरूको प्रस्तुती रहने छ । यस्तै होटल पौवा देशका विभिन्न १२ स्थानबाट सञ्चालनमा आएको भएयता पनि नयाँ वर्षको अवसरमा रूपन्देहीको भैरहवा र बुटवल र भालुबाङमा रहेको होटलमा साङ्गीतिक कार्यक्रम गर्न लागेको समेत उहाँको भनाइ थियो ।
बुटवलमा नौमती बाजा, भैरहवामा भोजपुरी संगीतबाट पुरानो सालको बिदाई र नयाँ सालको स्वागत गरिने छ । यस्तै बुटवल रहेको होटल पौवामा राष्ट्रिय गायक निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाइस द ब्याकप ब्याण्डको प्रस्तुती रहने छ । त्यसैगरी भैरहवामा राष्ट्रिय गायक राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका आइडल भुपेन्द्र थापा मगरको प्रस्तुती रहने छ ।
नेपालीहरूको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको होटलले यसै वर्षबाट नेपालीहरूको नयाँ वर्षको स्वागत गर्न साङ्गीतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो । त्यस्तै उनले साङ्गीतिक कार्यक्रम स्थलमा प्रवेशलाई निःशुल्क बनाइए छ ।
कार्यक्रमको दिन ५० रुपैयाँ देखि साढे २ सय रुपैयाँमा पौवामा बनेका खानाका परिकारहरू खान पाइने होटलले जनाएको छ ।