जनकपुरधाम । सर्लाहीको सदरमुकाम मलंगवामा गोली हानेर एक युवकको हत्या भएको छ ।
बुधबार साँझ ७ः४० बजेतिर मलगंवा नगरपालिका(९ मा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार उनीमाथि भारतीय नागरिकले नै गोली हानेको हो ।
गोली लागेर घाइते भएका भारत बिसनपुरका अन्दाजी ३५ वर्षका इन्दल कुमारको उपचारका क्रममा मृत्यु भएको हो । उनी आपराधिक पृष्ठभूमिकै रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले मृतकको मोवाइल फेला पारेको छ । जसमा उनको हत्या हत्या गर्ने भन्दै धम्कीपूर्ण सन्देशहरु पठाइएका छन् । घटनास्थलबाट बरामद गोलीको खोका हेर्दा पेस्तोलबाट गोली हानेको देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार