दाङमा भोलिदेखि टाइफाइडविरुद्ध खोप लगाइने

दाङ । दाङमा भोलिदेखि टाइफाईडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । बुधबारदेखि सुरु हुने खोप अभियान बैशाख ११ गतेसम्म जारी रहने स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको हो ।

मंगलबार पत्रकारहरुसँगको छलफल कार्यक्रममा यो अभियानमा जिल्लाका लक्षित उमेर समुहका कुनै पनि बालवालिका बञ्चित नहुने कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी गराए ।

पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएकोे छलफल कार्यक्रममा १५ महिनादेखि १५ बर्षमुनीका सम्पूर्ण बालवालिकाहरुलाई खोप अभियानमा सहभागी गराईने उनले बताए । यो रोगबाट बच्नको लागि नियमित सरसफाई र खानपानमा ध्यान दिनुपर्ने प्रमुख शाहीको भनाई छ ।

खोप प्रदान लागि विद्यालयहरुमा केन्द्र स्थापना गरिने र अभियान सम्पन्न भएको भोलीपल्ट स्वास्थ्य कार्यालय मार्फत छुटेका बालवालिकाहरुलाई एक दिन खोप प्रदान गरिने कार्यालय दाङका प्रमुख शाहीले जानकारी दिए ।

विगत ५ वर्षको तथ्यांकअनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनामा टाइफाइड पुष्टि भएको पाइएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस