राप्तीमा सहकारी दर्ता अधिकारीको कार्यालय उद्घाटन

भालुबाङ। लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नम्बर ४ मा आर्थिक मामिला तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी दर्ता अधिकारिको कार्यालय समुद्घाटन गरिएको छ।

सहकारी मन्त्रालयका सचिव नारायण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का रहेका थिए।

प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री खड्काले समाजवादी राज्य निर्माण गर्न अर्थतन्त्रमा सहकारीको महत्त्वपूर्ण भुमिका रहेको बताएका थिए। समाजवादी राज्य निर्माण गर्न अर्थतन्त्रमा सहकारी मुख्य साधन र माध्यम रहेको बताउदै मन्त्री खड्काले सहकारीलाई गरिबी निवारण गर्ने माध्यमको रुपमा अगाडि बढाउनु पर्ने बताए।

श्री ओम बहुउद्देश्यीय सहकारी संस्था मल्लरानी प्युठानको सहकारी दर्ता गरि सेवाको सुरुवात गरिएको थियो। उक्त कार्यालयकाे ६५ औं सहकारी दिवसको अबसर पारी कार्यालयको समुद्घाटन गरिएको थियो। राष्ट्रिय गित र प्रमुख अतिथिले ताम्रापत्र खोली कार्यक्रमको सुरुवात गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमला कुमारी खत्री, राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, जिल्ला सहकारी लिमिटेड अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाल, सहकारी प्रशिक्षालय बाकेका कार्यालय प्रमुख विनोद पौडेल, सहकारी दर्ता कार्यालय राप्तीका कार्यालय प्रमुख तथा दर्ता अधिकारी महेश पान्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन दार्ता कार्यालयका अधिकृत (सातौं) श्यामकुमार पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस