
भालुबाङ । राप्ती गाउँपालिका कृषि विकास शाखाले विभिन्न कृषि सहकारी मार्फत अगुवा कृषकलाई रासायनिक मल सम्बन्धी जनचेतनामूलक तालिम सञ्चालन गरेको छ ।
रासायनिक मल कसरी बराबर मात्रामा प्रयोग गरि उत्पादनलाई वृद्धि गर्ने भन्ने उदेश्यका साथ तालिम सञ्चालन गरेको कृषि विकास शाखाकी निमित्त प्रमुख सिमा भट्टले जानकारी दिइन् ।

विभिन्न कृषि सहकारी मार्फत आठौं दिनसम्म विभिन्न स्थानमा सञ्चालन गरेको रासायनिक मल सम्बन्धी एक दिने जनचेतनामूलक तालिममा २१० भन्दा बढी अगुवा कृषकको सहभागिता रहेको थियो ।
तालिमको प्रशिक्षकमा आर्थिक विकास शाखा प्रमुख जिवराज पौडेल, कृषि सामाग्री कम्पनी लिमिटेडका निमित्त प्रमुख घनश्याम कवर, कृषि विकास शाखा राप्ती गाउँपालिकाका वर्षाती गडरिया र निमित्त शाखा प्रमुख भट्ट रहेका थिए ।
सो तालिममा रासायनिक मल कसरी प्रयोग गर्ने, कुनै रासायनिक मलको कमिले कस्तो प्रकारको समस्या देखिन्छ लगायत कुरामा कृषकलाई जानकारी दिएको थियो । कुनै पनि बोटबाट राम्रो उत्पादन लिनको लागि १६ प्रकारका तत्व आवश्यकता पर्ने पनि उक्त तालिममा जानकारी दिएको थियो ।