तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका क्षेत्र अन्तर्गत बालकविता प्रतियोगिता शुक्रबार तुलसीपुरमा सम्पन्न भएकाे छ ।
नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङकाे आयाेजनामा भएकाे बालकविता प्रतियोगितामा तुलसीपुर क्षेत्रभित्रका करिब तीन दर्जन विद्यार्थी भाइबहिनीहरूको सहभागिता रहेको थियो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङ अध्यक्ष दीपक शर्मा समीरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल सरकारका पुर्व सहसचिव तथा राप्ती बहुमुखी क्यापस व्यवस्थापन समितिका अध्यक्ष डा. विष्णुकुमार देवकोटाकाे प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद्का सल्लाहकार एवम् पुरस्कार संस्थापक पुरूषाेत्तम खनाल तथा राप्ती साहित्य परिषद्का वरिष्ठउपाध्यक्ष कमलमणि देवकोटाकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएकाे छ ।
सो बालकविता प्रतियोगितामा साहित्यकार कमलमणि देवकोटा, डा. हिमलाल पन्थी र यम रेग्मीले निर्णायककाे भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा संस्कार पाठशालाका न्यूसन खनाल प्रथम, श्री माध्यमिक विद्यालय तुलसीपुर सेन्टर स्कुलका लेखराज देवकोटा द्वितीय, श्री गुरूजजुर माध्यमिक विद्यालयका शैलेश शर्मा तृतीय, हिमाल एकाडेमीका कुमुद आचार्य र जीवन ज्याेति स्कुलका खुमराज शर्मा सान्त्वना भएका छन् ।
राप्ती साहित्य परिषद्का निवर्तमान अध्यक्ष पुरूषाेत्तम खनालले आफ्नी आमाकाे स्मृतिमा याे पुरस्कार अक्षकाेषकाे स्थापना गरेका हुन् ।
सो प्रतियोगिता कार्यक्रममा राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका सचिव शेषमणि रिजाल, साहित्यकार डा. हिमलाल पन्थी, खगेश्वर भण्डारी, यम रेग्मी, मनाेज मगरले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सदस्य एवं कार्यक्रम संयाेजक विमला डाँगी विकलताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश के.सीले गरेका थिए ।