
तुलसीपुर । तुलसीपुर स्थित गोरखा मोडेल कलेजमा बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । बिबिएस दोश्रो वर्षमा अध्यनरत विद्यार्थीहरुले बिबिएस प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत तथा बिबिएस चौथो वर्षका विद्यार्थीलाई बिदाई गरेका छन् ।
बिबिएस दोश्रो वर्षमा अध्यनरत विद्यार्थी पारस न्यौपानेको अध्यक्षता तथा गोरखा ग्रुपका शैक्षिक निर्देशक दुर्गा बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि केसीले गोरखा मोडेल कलेज रोजेर अध्ययन गर्न आउने बिबिएस प्रथम वर्षका भाइबहिनीहरुलाई स्वागत गर्न पाउँदा कलेज धेरै हर्षित भएको र बिबिएस चौथो वर्षका विदाई भएर जाने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै विद्यार्थीहरु कलेजबाट बिदाई भएर गएता पनि कलेजले सधैं सम्झिने बताएका थिए।
यस्तै कार्यक्रममा योग गुरु रबिन्द्र बस्नेत, लेखा परिक्षक तथा शिक्षाविद बिरेन्द्र महारा, कलेजका शिक्षक राजिब वली, कलेज प्रमुख बेद प्रकाश भट्टराई, शिक्षक कोमल वली लगायतकाले आफ्नो धारणा राखेका थिए ।
बिदाइ भएर जाने बिबिएस चौथो वर्षका विद्यार्थीहरुको नेतृत्व गर्दै एचआर मगरले आफू जहाँ जे जस्तो अवस्थामा भएता पनि आफुले पढेको कलेज र संस्थाको नाम सधैं उच्च बनाउने भन्दै आफ्नो धारणा राखेका थिए ।
कलेजका शिक्षक डम्बर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण बिबिएस दोस्रो वर्षका विद्यार्थी अमृत वलीले गरेका थिए ।