दाङ जिल्ला कराते संघको अध्यक्षमा : बस्नेत

दाङ । दाङ जिल्ला कराते संघको अध्यक्षमा पदम बहादुर बस्नेत चयन भएका छन् । संघको आज सोमबार तुलसीपुरमा सम्पन्न साधारणसभा तथा अधिवेशनले पदम बस्नेतलाई अध्यक्षमा चयन गर्दै संघको १७ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले पुनर्गठन गरेको हो ।

जसको उपाध्यक्षमा वसन्त केसी र याम बहादुर थापा, सचिब मोहलाल थापा, कोषाध्यक्ष खिम बहादुर परियार, सहसचिव मधुसुधन घर्ती रहेका छन् । त्यसैगरी संघको सदस्यमा प्रतिक्षा बिसी, कृजना पुन, बल बहादुर बुढा, निराजन भण्डारी, आयुस रिजाल, देउचन केसी, रेशम खड्का, रमेश पुन, पुस्पा बिक, सुनमाया थापामगर, बिमला डाँगी रहेका छन् ।

यसैबीच संघको सोमबार बसेको पहिलो बैठकले संघको सल्लाहकारमा बलराज नेपाली, धन प्रसाद घर्ती, हरि बहादुर घर्ती र प्रेस सल्लाहकारमा लक्ष्मण बस्नेतलाई चयन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले काठमाडौको सात दोबाटोमा चैत २४, २५ र २६ गते हुने प्रथम कृष्ण प्रसाद भट्टराई स्मृती राष्ट्रिय तथा १९ औं एशियन छनोट कराते प्रतियोगिता र गणेशमा सिंहको स्मृतिमा यहि चैत १५ र १६ गते हुन गैइरहेको राष्ट्रिय कराते प्रतियोगितामा जिल्ला छनोट गरि खेलाडी सहभागी गराउने निर्णय गरेको संघका सचिव मोहलाल थापाले जानकारी दिएका छन् ।

अधिवेशन संघका अध्यक्ष हरि बहादुर घर्तीको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीको प्रमुख आतिथ्य एवं नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख बल राज नेपालीको बिशिष्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव मोहलाल थापाले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस