काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यूएई विरुद्धको खेलमा नेपाल ९९ रनले पराजित भएको छ ।
२०३ रनको लक्ष्य पछ्याएको नेपाल खराब व्यटिङका कारण ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो । नेपालको चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेन ।
यसअघि पहिलो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो ।
यूएईविरुद्ध बनाएको १०३ रन नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम स्कोर हो ।
यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात फेरि पनि राम्रो हुन सकेन । नेपालले सुरुवाती पावर प्लेमा ४ विकेट गुमाएको थियो ।
नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै व्यक्तिगत ५ रन बनाएर आउट भए । यस्तै श्रृंखलामा पहिलो खेल खेलिरहेका पवन सर्राफ २ रन बनाएर तेस्रो ओभरमा आउट भए । पवनले आसिफको स्थानमा ओपनिङ गरेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीले खाता समेत नखोली तेस्रो ओभरमा आउट भए । जुनैद सिद्दीकीले पवन र दीपेन्द्रलाई लगातार आउट गरे ।
पवार प्लेमा युएईका जुनैद सिद्दकी र कासिफ दाउदले २–२ विकेट लिएका थिए ।
त्यसपछि ज्ञानेन्द्र मल्ल र आरिफ शेखले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । पाँचौ विकेटका लागि ज्ञानेन्द्र र रोहितले ३३ रनको साझेदारी गरे । आरिफ २१औं ओभरमा १५ रन बनाएर बउट भए । आरिफ आउट भएपछि नेपालको इनिङ्स धर्मारायो । त्यसपछि नेपाली इनिङ्स सम्हालिन सकेन ।
ज्ञानेन्द्रले ६५ बल खेल्दै २ चौका मद्दतमा सर्वाधिक ३० रन बनाए । आरिफ र ज्ञानेन्द्र दुवैलाई यूएईका कप्तान अहेमद राजाले आउट गरे ।
नेपालले एक सय रन पूरा गरेपछि नवौं विकेट गुमायो । कप्तान सन्दीप लामिछाने ३६औं ओभरको पहिलो बलमा खाता नखोली आउट भए ।
नेपाललाई अलआउट गर्न यूएईका लागि जुनैद सिद्दिकीले ८ ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए । यस्तै कासिफ दाउद र अहमेद राजाले समान २ विकेट लिए ।