निरुपित राष्ट्रिय उपाध्यक्षसँग भेटघाट

तुलसीपुर। तुलसीपुर नगर जेसिजले आफ्नो निरुपित रास्ट्रिय उपाध्यक्ष जेसि सन्दिप अग्रहरीसँग शाखामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष जेसि केशवराज केसीको अध्यक्षता अब तुलसीपुर नगर जेसिका लागि निरुपित राष्ट्रिय उपाध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। तुलसीपुर नगर जेसिजका कार्यकारिणी उपाध्यक्ष सन्दिप भुसाल, अध्यक्ष सल्लाहकार जेसि वसन्त भण्डारी, पुर्ब अध्यक्ष जेसि दिपेस भण्डारीले आ-आफ्नो जिज्ञासा राखेका थिए भने महासचिवले अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथिले तुलसीपुर नगर जेसिजले गर्ने विभिन्न कार्यक्रम समय सान्दर्भिक रहेको र नेपाल जेसिजले तुलसीपुर नगर जेसिजलाई तुलसीपुरले गरेको कामको नेपाल जेसिजले उच्च मुल्यांकन गरेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य अतिथि सत्कार संयोजक जेसि सुरज ज्ञवालीले गरेका थिए भने आस्था पाठ जनसम्पर्क अधिकारी जेसि माधब प्रसाद न्यौपानेले गरेका थिए, कार्यक्रमको सहजीकरण महासचिव जेसि पुर्ण बिक्रम डाँगीले गरेका प्रबक्ता जेसि छबि कुमार ओलीले जानकारी दिएका छ्न्।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस