दंगीशरणमा जारी रनिङ शिल्डमा सिद्धपृथ्वीको अग्रता

तुलसीपुर । सिद्धपृथ्वी माबी श्रीगाउँले हेकुलीमा जारी दंगीशरण गाउँपालिका स्तरीय चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ मा आफ्नो अग्रता कायमै राखेको छ ।

दंगीशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा संचालित प्रतियोगिताको दोस्रो दिनसम्म एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डतर्फका ९ ईभेन्ट्समा भएको प्रतिस्पर्धामा ६ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै सिद्धपृथ्वीले अग्रता कायम राख्न सफल भएको हो ।

त्यस्तै साबिक विजेता बिरेन्द्र माबी हेकुली ६ स्वर्ण,३ रजत र ४ कास्य पदकका साथ दोस्रो स्थानमा रहदा ज्ञानोदय माबि ४ स्वर्ण, ३ रजत र ३ कास्य पदकका साथ तृतीय स्थानमा रहेको प्रतियोगिताका सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिएका छन् ।

प्रतियोगिता अन्तर्गत बिहीवार भलिबल र कबड्डी छात्र-छात्रा फाइनल तथा तृतीय स्थानका लागि खेल हुनेछ्न् भने एथलेटिक्स तर्फका बाँकी ईभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। खेल बिहान ७ बजे पछि हुनेछ ।

यसैबिच प्रतियोगिताको समापन बिहीवारनै गरिने आयोजक दंगीशरण गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले प्रतियोगिता समापन समारोहमा उपस्थितिका लागि राजनीतिक दल, खेलप्रेमी, खेलाडी, पत्रकारलगायत सबैमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस