काठमाडौं । मलेसियाबाट फेरि नेपाली श्रमिकको माग आउन थालेको छ । २ वर्षअघि कोरोना महामारी शुरु भएपछि मलेसियाले विदेशबाट श्रमिक लिन बन्द गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन सुरु गर्ने बताएको छ । अब दुई बर्षदेखि रोकिएको मलेसियाको रोजगारी खुला हुने भएको छ । मन्त्रालयले कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ ।
कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् ।
मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेपछि मागपत्र नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्न थालिएको हो ।
खाडीका देशहरुले श्रमिक लिन थाले पनि मलेसिया बन्द हुँदा थुप्रै श्रमिक मर्कामा परेका थिए ।


