माधव नेपालसहित १४ सांसदको रिटमाथि पूर्ण सुनुवाइ हुने

काठमाडौं । नेकपा एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद र नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध परेको रिट सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुने भएको छ।

आइतबार सुनुवाइका लागि पेसी तोकिएपछि भएको सुनुवाइमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको इजलासले यसलाई टुंग्याउन पूर्ण सुनुवाइ गर्ने निर्णय गरेको हो । ​

यसअघि पनि पटकपटक पेसी तोकेर रिटमाथि सुनुवाइ हुन सकेको थिएन।

माधव नेपालले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी दर्ता गरेका थिए । यस क्रममा एमालेले माधव नेपालसँगै गएका १४ जनालाई कारबाही माग गर्दै गत १७ भदौमा सर्वोच्चमा रिट निवेदन दायर गरेका थियो।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस