अमृतपुर खानेपानीको मतदान : १७ सय १५ मत खस्यो

तुलसीपुर । तुलसीपुर ३ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि शनिबार विहान सवा आठबजेदेखि मतदान जारी छ ।

संस्थाका तिन हजार १ सय ४६ मतदाता रहेकोमा साढे १ बजे सम्ममा १७ सय १५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । मतदान गर्नका लागि छ वटा बुथ बनाईएको छ । मतदान साँझ चार बजेसम्म जारी रहने समितिले जनाएको छ । संस्थाको नयाँ नेतृत्वका लागि सहमति नजुटेपछि आज मतदान भएको हो ।

संस्थाको नेतृत्वका लागि दुई समुह चुनावी मैदानमा रहेका छन् । संस्थाको नेतृत्वका लागि भिमकान्त बस्याल (संगीत)को नेतृत्वमा सयुक्त प्यानल र चन्द्रकान्त खरेलको नेतृत्वमा लोकतान्त्रिक संयुक्त प्यानल चुनावी मैदानमा रहेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस