दाङ । दाङमा ६ लाख बढी नागरिकलाई यव बर्ष हात्तिपाईले रोग बिरुद्धको आम औषधि खुवाउने जिल्ला स्वास्थ्य कार्यालय दाङको लक्ष्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङले यो बर्ष जिल्लामा रहेका ६ लाख ५५ हजार ७ सय जनालाई हात्तीपाईले रोग बिरुद्धको आम औषधि सेवन गराउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिएका छन् ।
दाङ जिल्ला हात्तीपाईले रोगबिरुद्धको आम औषधि सेवन अभियानको बारेमा सोमबार लमहीमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराईएको हो । स्वास्थ्य कार्यालय दाङकाअनुसार जिल्लामा हात्तीपाईले रोगका कारण २ हजार ४४ जना बढी प्रभाबित छन् ।
जस अन्तर्गत खुट्टा सुनिएका २ सय १८ जना, हाईड्रोसिल १७ सय १४ जना र हाईडोसिल तथा हात खुट्टा सुनिएका दुबै १ सय ३२ जना गरि दुई हजार ४४ जना रहेको स्वास्थ्य कार्यालय दाङका फोकल र्पसन कमल चन्दले बताए ।
दाङ जिल्लामा यस अघि सबै भन्दा थोरै दाङको लमही नगरपालिकामा ३७ प्रतिशतले औषधि सेवन गरेका थिए । भने समग्र जिल्लामा गत बर्ष ६४ प्रतिशतले हातीपाईले बिरुद्धको आम औषधि सेवन गरेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाही र फेकल पर्सन कमल चन्दले प्रशिक्षण दिएका थिए ।