खुम बहादुर स्मृति कप भलिबल जारी, तुलसीपुर फाईनलमा

दाङ । तुलसीपुर उपमहानगरपालिका खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को फाईनलमा प्रवेश गरेको छ।

नेपाली काग्रेस दाङको आयोजनामा संचालित प्रतियोगिताको शनिबार बिहान सम्पन्न सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिका लाई २५-२१, २५ -२१ र २५-१४ अर्थात ३-० को सोझो सेटमा पराजित गर्दै तुलसीपुरले फाईनल यात्रा तय गरेको हो।

उल्लेख्य दर्शकले खचाखच भरिएको सहिद मञ्च घोराहीमा जारी प्रतियोगितामा आफुलाई उपाधिको दावेदारको रुपमा शसक्त र शानदार प्रस्तुत गर्दै आएको तुलसीपुरको तर्फबाट नेपालकै उत्कृष्ट ओपन स्पाईकर जर्सी नं ४ का खेलाडी मान बहादुर श्रेष्ठ र जर्सी नं ६ का खेलाडी धन बहादुर भट्टले उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगिता अन्तरगत दिउँसो २ बजे पछि हुने दोस्रो सेमिफाइनल खेलमा घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्दैछ।

प्रतियोगिताको उपाधिकाका लागि भोलि आइतबार दिउँसो फाईनल खेल हुने प्रतियोगिताका संयोजक राजु आचार्यले जानकारी दिए। प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमशः नगद दुई लाख र एक लाख तथा कप, मेडल, प्रमाणपत्र हात पार्नेछन्। त्यस्तै ब्यक्तिगत बिधातर्फ पुरस्कारको व्यवस्था गरिएको संयोजक आचार्यले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस