लमही–कुईरेपानी सडक दैनिक ९ घण्टा बन्द हुने

दाङ । दाङको लमही–कुईरेपानी सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङले बुधबार एक सूचना जारी गर्दै उक्त सडक फागुन २२ गते देखि ३० गतेसम्म दैनिक ९ घण्टा बन्द हुने जनाएको छ ।

सडक मर्मत गर्नुपर्ने भएकाले ८ दिनसम्म उक्त सडक बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन पुर्ण रुपमा बन्द गरी सडक मर्मत गर्ने तयारी रहेको सडक डिभिजन कार्यालयका प्रमुख राम पुकार जैसवालले बताएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस