सहकारीको ‘सन्दर्भ ब्याजदर’ बढ्यो

काठमाडौं । सहकारी संस्थाहरुले ऋणमा दिने ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) बढाइएको छ ।

सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा सहकारी विभागले सन्दर्भ ब्याजदर १६ प्रतिशत बनाएको हो ।

गत शुक्रबार बसेको समितिको बैठकले सन्दर्भ ब्याजदर बढाउने निणर्य गरेको थियो । सो निणर्य अनुसार विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सन्दर्भ ब्याजदर बडाइएको जानकारी दिए ।

यस अघि यस्तो ब्याजदर १४।७५ प्रतिशत थियो । सन्दर्भ ब्याजदर भनेको सहकारी संस्थाहरूका लागि तोकिने ब्याजदरको अधितम सीमा हो । अब सहकारी संस्थाहरुले १६ प्रतिशतसम्म ऋणमा ब्याजदर लिन सक्नेछन् । यसअघि विभागक तत्कालीन रजिष्ट्रार डा। टोकराज पाण्डेको कार्यकालमा सन्दर्भ ब्याजदर घटाएर १४।७५ प्रतिशत बनाइएको थियो ।

पछिल्लो समय बैंकहरूले निक्षेपमा ब्याजदर बढाएका छन् । बैंकहरूले ब्याजदर बढाउँदा यसको असर सहकारी क्षेत्रमा परेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस