कर्णाली सरकारले विपन्नका घर बनाइदिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम अगाडि बढाएको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए ।

उनका अनुसार सरकारले त्यसका लागि सरकारले पाँच करोड बजेटसमेत छुट्याएको छ । पाँच करोडमा करिब १०० घर निर्माण गर्ने लक्ष्य लिइएको छ ।

कार्यक्रममा स्थानीय सरकारको सिफारिसका आधारमा पारदर्शी प्रक्रिया अपनाइ लक्षित परिवार छनोट गरिने मन्त्री बिष्टको भनाइ छ ।

मन्त्रिपरिषद् बैठकले बेरुजु बढेपछि प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने पनि निर्णय गरिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस