जनतालाई भ्रम छर्न कम्युनिष्टहरुले एमसीसीको बिरोध गरेः योगेन्द्र चौधरी

लमही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले स्थानीय तहको निर्बाचनमा जनता सामु जाने कुनै एजेन्डा नभएपछि जनतालाई भ्रम छर्न कम्युनिष्टहरुले एमसीसीको बिरोध गरेको जिकिर गरेका छन् ।

पाँच वर्षे सरकार चलाउने जिम्मा जनताले दिए पनि सत्ता चलाउन नसकेर बिचमै सरकार छोडेकोले जनता सामु जाने बिकल्पको रुपमा एमसीसीलाई अस्त्र बनाएको चौधरीको दाबि छ । आफु सत्तामा हुँदा बिकास र समृद्धिको लागि एमसीसी हो भन्ने र बाहिरिए पछि अनेकन गलत र भ्रामक हल्ला फैलाएर त्यसको बिरोध गर्दे सडक तताउनको कुनै तुक छैन चौधरीले भने ।

नेपाल महिला संघ जिल्ला शाखा दाङको आयोजना तथा क्षेत्र नम्बर १ प्रदेश शभा क र ख को सहआयोजनमा मंगलबार लमहीमा आयोजित प्रदेश क र ख स्तरीय महिला भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै चौधरीले सो कुरा बताएका हुन् ।

स्थानीय चुनाबको मुखमा जनता सामु जाने कुनै एजेन्डा नभए पछि कम्युनिष्ट पार्टीका नेताहरुले एमसीसीको गलत ब्याख्या गरेर जनतालाई भ्रमित पार्दै निर्बाचन जित्ने दुश्प्रयास गरेकोले काङ्ग्रेसले त्यसप्रति आमनागरिक स्पष्ट पार्न जरुरी रहेको चौधरीको भनाई छ । त्यस्तै कार्यक्रमका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले एमसिसि सम्झौताका बिभिन्न चरणमा आफै सहभागी भएका कम्युनिष्टहरुले अहिले आएर त्यसको बिरोध गर्नु कुनै तुक नभएको टिप्पणी गरे ।

राष्ट्रियसभाका प्रमुख सचेतक अनिता देबकोटाले राष्ट्रिय राजनीतिमा काङ्ग्रेसलाई बलियो बनाउन काङ्ग्रेसलाई वडा तहदेखि नै बलियो बनाउने गरि अघि बढ्न महिलाहरुलाई आग्रह गरिन् । नेपाल महिला संघ दाङका संस्थापक अध्यक्ष बिमला योगीले काङ्ग्रेस मात्र देशको एक लोकतान्त्रिक पार्टी भएकोले काङ्ग्रेस बलियो भए मात्र देशका महिला बलियो हुने बताइन् ।

कर्यक्रममा नेपाल महिला संघका केन्द्रीय सदस्य गिरिजा देबि न्यौपानेले स्थानीय तहको निर्बाचनमा नगरपालिका गाउँपालिका र वडाहरु सम्ममा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नका लागि मुख्य पदहरुमा जिम्मेवारी दिन आबश्यक रहेको बताइन् ।

नेपाल महिला संघ दाङ निर्बाचन क्षेत्र नम्बर १ प्रदेश ख का उपसभापति राधा केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका नेतृ तथा जिल्ला समन्वय समिति दाङका सदस्य लोका बिक, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सहसचिब गोबिन्द वली, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का महाधिबेशन प्रतिनिधि तथा पुर्ब क्षेत्रीय सभापति अनुराग यादब, नेपाल महिला संघ लमही नगर सभापति हिमा बुढाथोकी, नेपाल महिला संघ क्षेत्रीय सभापति खिमा देबि रिजाल लगायतले बोलेका थिए ।

नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावतको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन नेपाल महिला संघ दाङका सचिब लक्ष्मी योगीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस