बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा रहेको खानेपानी सामुदायिक वन उपभोक्ता समितिका तीन पदाधिकारीले संयुक्तरुपमा राजीनामा दिएका छन् । समितिको उपाध्यक्ष चन्द्रा वली र सदस्यहरुमा कमानसिंह नेपाली र मनकली विकले राजीनामा दिएको विज्ञप्ती मार्फत जानकारी दिएका हुन् ।
२०७८ माघ २२ गते केही राजनीतिक दल र केही टोल मात्र समेटिएको बहुमत नभएर अर्थात साधारणसभा नै नगरी घरघरमा गएर हस्ताक्षर गरेको, वैधानिकता प्राप्त नगरेको बासुदेव चौधरीको नेतृत्वमा रहेको समिति मान्य नहुने भन्दै जनगुनासो व्यापकरुपमा आएकोले उक्त समितिमा रहेका पदाधिकारीहरुले राजीनामा दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार