महिलाहरुका लागि तीन महिने सिलाईकटाई तालिम शुरु

लमही । जल्पा लघुवित्तीय संस्था लिमिटेड शाखा कार्यालय गढवाको आयोजनामा आजदेखि तीन दिन महिलाहरुका लागि महिने सिलाई कटाई तालिक शुरु भएको छ ।

संस्थाका अध्यक्ष पुस्पा पुलामीको अध्यक्षता तथा रेडियो हाईवेका सम्पादक लिला शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अबसरमा बोल्ने बक्ताहरुले सिप सिक्नु ठुलो कुरा नभई सिकेको सिपलाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बन्न ठुलो कुरो भएकोले लगनशील भएर सिप सिक्ने बानीको बिकाश गर्न सुझाब दिएका थिए ।

तालिममा ३० जना सहभागिता रहेको छ । तालिम दुई सिफ्टमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस