
बिजौरी। तुलसीपुर १९ तोप्पापानीमा निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । बिभिन्न रोगका बिशषज्ञहरुको सहभागीतामा शिबिर हुन लागेको हो । बिजौरी स्वास्थ्यचौकी तोप्पापानीको ब्यवस्थापनमा हुन लागेको शिबिरमा विशेषज्ञ उपचार तथा परामर्श सेवा दिईने स्वास्थ्य चौकीका हेल्थ असिस्टेन यज्ञ केसीले जानकारी दिनुभएको छ ।
शिबिरमा मुटु, पेट, छाती, मस्तिष्क, स्नायु, थाईराईड तथा मधुमेह रोगका विशेषज्ञ डा.रेशम गौतम, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.शेखर थापा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.हेमराज शर्मा, नाक, कान, घाँटी रोग विशेषज्ञ डा.सन्जय महर्जन, र छाला तथा यौन रोग विशेषज्ञ डा. समीर श्रेष्ठको सहभागीता रहने केसीले जानकारी दिनुभयो ।
बिजौरी स्वास्थ्य चौकी तोप्पापानीमा आज बिहान १० बजे देखि सञ्चालन हने शिबिर दिउसो ३ः३० बजे सम्म सञ्चालन हुनेछ ।
शिबिर सञ्चालनका लागी प्राबिधिक सहयोग तुलसीपुर सिटी हस्पिटलको रहेको छ भने आयोजक रोट्रयाक्ट क्लव अफ तुलसीपुर र रोटरी क्लब अफ तुलसीपुर सिटी रहेको हेल्थ असिस्टेन केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार