चौवाखोलामा ट्याक्टर दुर्घटना हुँदा सडक अवरुद्ध

बिजौरी । तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत हेमन्तपुरस्थित चौवाखोला ट्याक्टर दुर्घटना भएको छ । शुक्रबार दिउँसो साढे १२ बजेको समयमा घोराहीबाट तुलसीपुरतर्फ सरिया बोकी आउँदै गरेको रा १ त ३११४ नम्बरको ट्याक्टर चौवाखोलामा दुर्घटना भएको हो ।

ट्राफिक प्रहरी हवल्दार निमबहादुर सुनारकाअनुसार ट्याक्टर दुर्घटनामा मानवीय क्षति भने नभएको र सवारीमा क्षति पुगेको छ । सरिया बोकेको ट्याक्टर दुर्घटना हुँदा सडक अवरुद्ध भई सवारी आवागमनमा समस्या भएको उनले बताए ।

उक्त ट्याक्टर चालक सल्यानको बागचौर नगरपालिका २६ बर्षिय महेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले बाटो खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नयाव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस