छोराद्वारा बुवाको घाँटी रेटेर हत्या

दाङ । शान्तिनगरमा छोराले आफ्नै बुवाको घाँटी रेटेर हत्या गरेका छन्।

६३ वर्षीय बुवा कणर्बहादुर पुनको घाँटी रेटेर हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर ३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल पुनमगरलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख शुरेसप्रसाद काफ्लेका अनुसार बुधवार दिउँसो पानीको गाग्री बोकेर घर आएका बुवामाथी पुनले तरकारी काट्ने धारिलो हतियार प्रयोग गरि आक्रमण गरेका थिए ।

घटना स्थलमा प्रहरी पुगेर पुनलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख काफ्लेले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस