पदम बहादुरलाई खाद्यन र आर्थिक सहयोग

तुलसीपुर । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नंं. ३ इकाई समितिले आर्थिक स्थती कम्जोर भएको एकल पुरुषलाई आइबार एक कार्यक्रमको आयोगजना गरी आर्थिक र खाद्यन सहयोग गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सिद्धेधार निवासी ५५ वर्षीय वृद्ध पदम बहादुर पुनलाई १ हजार ८ सय र ५० केजी चालम, नुन, तेल, दाल गरी ५ हजार ५ सय बराबरको आर्थिक र खाद्यन सहयोग गरेको छ । रोजगरी गर्ने अवस्था नभएको र आफन्तको घरमा बस्दै आएका एकल पुरुष पुनलाई सहयोग गरिएको इकाई उपसभापति रेशम प्रकाश वलीले बताए ।

नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का इकाई सभापति भुपलाल वली, महाधिवेशन प्रतिनिधि कृष्ण कुमार गिरी, लुम्बिनी प्रदेश प्रतिनिधि विष्णु मल्ल, पूर्व दाङ जिल्ला सदस्य चन्द्रकान्त खरेल, क्षेत्रीय प्रतिनिधि टोप बहादुर विश्वकर्मा, राजन खड्क(तर्ण), नर बहादुर वली, नेता खेमलाल महतरा, मानबहादुर गुरुङ्ग, मोहन गुरुङ्ग उप–सभापति जय बहादुर वली, रेशम प्रकाश मल्ल, वडा सचिव लक्ष्मण चन्द लगायतकाले बृद्ध एकल पुरुषलाई थोरै भए पनि सहयोगको भावना राखिएको बताए ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३का क्रियाशील सदस्य तथा शुभचिन्तकहरुबाट आर्थिक सहयोगको अपिल गरेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस