
खर्क (राप्ती उपत्यका दाङ) । खर्क गाउँका नागरिककोे आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यका साथ प्रत्येक घर परिवारलाई बाख्रा वितरण गरिएको छ ।
राप्ती गाँउपालिका वडा नं १ को कार्यालयले खर्क गाउँका ११ घरपरिवारलाई प्रत्येक घरलाई १ वटाका दरले गर्भिणी र बैश्क जातको बाख्रा वितरण गरेको हो ।
वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यतामा सोमबार बाख्रा वितरण गरिएको हो ।
विकट बस्तीको रुपमा रहको खर्क गाउँमा ११ घरधुरीको बसोबास रहेको छ । विद्युत पुग्न नसकेको कारण वडा कार्यालयले गाउँपालिका र सहयोगी निकासको पहलमा सोलार विजुली तथा सोलार लिफ्ट खानेपानीका ब्यवस्था गरेको छ ।
साथै उक्त बाख्राको स्वास्थ्य चेकजाच तथा विमा गरिएको छ । सो कार्यक्रममा वडा सदस्य पुर्ण जंग रेश्मी, पशु सेवा शाखा प्रमुख शेर बहादुर हमाल, वडा सचिव विश्व पौडेल, प्राविधिक शरद रमन पुरी, स्थानीय समाजसेवी टिका पुन लगायतको सहभागिता रहेको थियो ।