
काठमाडौं । सर्वोच्च अदालतले आजबाट नियमितरूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा कटौती गरेकोमा फागुन १ देखि सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।
गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आइतबारवाट पूर्णरुपमा सञ्चालन हुन लागेको प्रवक्ता बाबुराम दाहालले बताएका छन ।
गत माघ पहिलो साता विश्वव्यापी रुपमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको भन्दै सरकारको निर्णयलाई आत्मसात गर्दै सर्वोच्च अदालतले गत ५ माघबाट सेवा कटौती गरेको थियो ।
कोभिड महामारी नियन्त्रणतर्फ गईरहेको जनाउँदै आइतबारबाट भने सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतहरु पूर्णरुपमा सञ्चालन हुनेछन् ।
प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार