चेल्सीलाई फिफा क्लब विश्वकपको उपाधि

काठमाडौं । इंग्लिस क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

रियादमा शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मेरसलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । चेल्सीका लागि काई हाभार्टले ११७औं मिनेटमा निर्णायक गोल गरे ।

त्यसअघि खेलको ५४औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यसअघि सन् २०१२ मा पनि फाइनल पुगेको चेल्सी ब्राजिल क्लबसँगै पराजित हुँदै उपविजेता बनेको थियो ।

यस्तै चेल्सीले क्लब विश्वकपको उपाधि जित्ने तेस्रो इंग्लिस क्लब बनेको छ । यसअघि म्यानचेष्टर युनाइटेडले २००८ र लिभरपुलले २०१९ मा क्लब विश्वकपको उपाधि जितेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस