दंगीशरणमा लैंगिक समानता तथा समावेशीकरण परीक्षण सम्पन्न

दंगीशरण । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम बुधबार दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ ।

सस्ंथागत एंव कार्यक्रमगत रुपमा समावेश गर्ने गरि लैंगिक तथा सामाजिक समावेशी उत्तरदायी अवधारणालाई स्थानीय निकायहरुको कार्यक्रम आयोजनाहरुबाट सुनिश्चित एंव प्रभावकारीरुपमा लागु गर्ने र अनुगमन गर्दा लैंगिक तथा सामाजिक समावेशीकरणका विषयमा संवेदनशील, उत्तरदायी हुन अभिप्रेरित गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सञ्जु लामिछानेले जैविक लिंग र सामाजिक लिंग लगायतका विषयमा जानकारी दिइन् । कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण तथा रणनीति निर्माणका विषयमा अभ्यास गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणको हरेक क्षेत्रमा नीति निर्माण तयार गरी हाम्रो प्रण समृद्ध दंगीशरण बनाउने अभियानलाई सार्थकता दिनका लागि यी यस्ता सामाजिक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

अध्यक्ष चौधरीले समृद्ध दंगीशरणका लागि भोलीका दिनमा पनि यस्ता प्रकारका नीतिहरु रहिराखुन भन्ने उद्धेश्यले आफ्नो तर्फबाट सामाजिक नीति नियम निर्माणका कामहरु गरिरहेको बताए ।

गाउँपालिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो । जनउत्थान समाज विकास केन्द्रका शुसिला पौडेलले स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत किरण पोख्रेलले गरेका थिए ।

दुई दिनसम्म सञ्चालित कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि र शाखा प्रमुख कर्मचारीहरुको सहभागिता रहेको थियो । दंगीशरण गाउँपालिकाको आयोजना तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान, लुम्बीनी प्रदेश, नेपालगंज बाँकेको सहयोग एंव जनउत्थान समाज विकास केन्द्र दाङको सहजीकरणमा भएको हो ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस