आगलागी पीडित परिवारलाई आर्थिक सहयोग

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ शिरखोलास्थित गोठमा माघ १८ गते भएको आगलागी पीडित परिवारलाई आइबार एक कार्यक्रमको गरी आर्थिक सहयोग गरिएको छ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नंं. ३ इकाई समितिले पीडितलाई सहयोग गरेको हो ।

तुलसीपुर वडा नं. ३ शिरखोला निवासी सुमन गिरीको गोठमा आगलागी हुँदा एउटा भैंसी, चार सय ब्रोइलर चल्ला, बिस बारी दाउरा र तिस भारी पराल जलेर नष्ट भएको थियो । बेलुका आगो तापेर आगो ननिभाइ सुत्न गएपछि राती गोठमा आलागी भएको थियो । घरदेखि गोठ टाढा रहेकाले आगलागी भएको थाहा नपाएको र एकैचोटी जलेर नष्ट भएको अवस्थामा थाहा पाएको पीडित सुमन गिरीले बताए ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का क्रियाशील सदस्य तथा शुभचिन्तकहरुबाट आर्थिक सहयोगको अपिल गरेको थियो । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का इकाई सभापति भुपलाल वली, महाधिवेसन प्रतिनिधि कृष्ण कुमार गिरी, लुम्बिनी प्रदेश प्रतिनिधि विष्णु मल्ल, पूर्व दाङ जिल्ला सदस्य चन्द्रकान्त खरेल, खेमलाल महतरा, मानबहादुर गुरुङ्ग, टोप बहादुर विश्वकर्मा, राजन खड्क(तर्ण), श्यामराज महतरा, क्षेत्र नं. ३ प्रदेश क का सहसचिव राजेन्द्र महतरा, राजेन्द्र गुरुङ्ग, उपसभापति जय बहादुर वली, रेशम प्रकास मल्ल, वडा सचिव लक्ष्मण चन्द लगायतकाले पीडित परिवालाई सहयोग गरेका हुन् ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३का इकाई सभापति भुपलाल वलीले पीडित सुमन गिरीको घर परिवारलाई २३ हजार ५ सय ४० रुपैया सहयोग गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस