गाँजा खेती गर्न दिने सरकारको तयारी

काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी कार्यविधि ल्याउने तयारी गरेको छ ।

मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ । ‘उनीहरुलाई कसरी अनुमगन र नियमन गर्ने भन्ने विषयमा कार्यविधिले बोल्छ’ पोखरेलले भने ।

गाँजामाथि प्रतिबन्ध फुकुवा हुनुपर्ने भन्दै सांसद शेरबहादुर तामाङलगायतले पैरवी गरिरहेका छन् ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस